सन नेपाल लाइफको लाभांश घोषणा, बोनस वितरणपश्चात हकप्रद पनि जारी गर्ने

Feb 25, 2024 09:51 AM Merolagani



सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (SNLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यसका साथै इन्स्योरेन्सले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने पनि घोषणा गरेको छ।

फागुन ११ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने र हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण र हकप्रद शेयर निष्काशन गरिनेछ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।