बर्ष दिनमै तीन लाख बढी दुईपाँग्रे सवारी बिक्री भएको बजारमा अहिले लाख पनि कट्न मुस्किल, इभीमा पनि बढेन ‘कन्फिडेन्स’

Feb 25, 2024 02:12 PM Merolagani

कुनै समय साढे तीन लाख बढी दुई पाँग्रे सवारी साधन बिक्री भएकाे नेपाली बजारमा अहिले एक लाख पनि काट्न पनि कठिन देखिएको छ ।

भन्सार विभागको पछिल्लो सात महिनाको तथ्याङ्कले इन्धनबाट चल्ने बाइक तथा स्कुटरको बजार निरन्तर गुम्दै गएको देखिएको हो । उपभोक्ताको विद्युतीय स्कुटरमा आकर्षण बढ्दै गएपछि इन्धनबाट चल्ने दुई पाङ्ग्रेको भने आयात घट्दै गएको हो ।

विद्युतीय स्कुटरमा पनि आक्रामक विस्तार नभएपनि अहिले उपभोक्ता इभी मै बढी केन्द्रीत रहेको देखिएको हो । इभीमा उपभोक्ताले रुची देखाएपनि कन्फिडेन्स नदेखिएको व्यवसायी बताउछन् ।

नेपाली बजारमा हालसम्म ३० हजार बढी विद्यूतीय स्कुटर आयात भएको व्यवसायीको आनुमानित तथ्याङ्क छ । इभीमा कन्फिडेन्स बढ्न नसक्ने र इन्धनका दुई पाँग्रे किन्न अरुचीको कारण पछिल्लो समय दुईपाँग्रे बजार कठिन अवस्थामा पुगेको हो ।

भन्सारको तथ्याङ्कअनुसार २०७७/७८ मा ३२ अर्ब १४ करोड रुपैयाँ बराबरको ३ लाख ५३ हजार ६२६ युनिट आयात भएको थियो । यस्तै २०७८/७९ मा उक्त संख्या घटेर २७ अर्ब ६२ करोड ४९ लाख रुपैयाँ बराबरको २ लाख ७८हजार ४८९ युनिट आयात भएको उल्लेख छ । 

यसैगरी २०७९/ ८० मा आइपुग्दा इन्धन दुई पाङ्ग्रेको आयात क्रमिक रुपमा घट्दै आएको छ । सो बर्ष ११ अर्ब बराबरको १ लाख ४ हजार १८६ युनिट इन्धन स्कुटर र बाइक आयात भएका थिए ।

चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा ८ अर्ब १९ करोड रुपैयाँ बराबरको दुईपाँग्रे सवारी आयात भएको छ । माघ महिनासम्म ६९ हजार ९४७ युनिट दुईपाँग्रे सवारी आएको विभागको तथ्याङ्कले देखाएको छ ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।