डुब्ने हल्लाले एनआइसी एशिया बैंकको २७ अर्ब निक्षेप बाहिरिँदा यसरी हुने भयो उल्टै फाइदा

Feb 26, 2024 06:17 PM Merolagani



पछिल्लो समय चलेको बैंक डुब्ने हल्लाले एनआइसी एशिया बैंक(NICA)लाई थप फाइदा पुगेको छ। एनआइसी एशिया बैंक डुब्छ भन्ने हल्ला फैलाएर भ्रम सिर्जान गर्न खोज्दा बैंकका सर्वसाधारण निक्षेपकर्ता डराएर बैंकबाट ठूलो रकमको निक्षेप निकालेका छन्। तर अन्तमा यसले बैंकलाई नै फाइदा पुगेको छ।

बैंक डुब्ने हल्ला फैलिएपछि बैंकको २७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको बुझिएको छ। सोमबार बैंकर्स सँघको पत्रकार सम्मेलनमा नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय चलेको हल्लाले बैंकको २७ अर्ब निक्षेप बाहिरिएको बताए। विभिन्न व्यक्तिहरुले चलाइएको हल्लाले बैंकले पछिल्लो समय महँगो ब्याज तिरेर लिएको निक्षेप बाहीरिएको छ जसले गर्दा बैंकको लागत निकै कम भएको छ।

अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी निकै सुस्त छ भने निक्षेप थुप्रिदै गएको अवस्था थियो। यसले गर्दा लागत घटाउन सबै बैंकले निक्षेपको ब्याजदर घटाउँदै लगेको अवस्था छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार पनि बैंकहरुको सिडि रेशियो ८० प्रतिशतमा नै झरेको छ। यसले बैंक तथा वित्तीय संस्थामा ठूलो रकमको लगानीयोग्य रकम थुप्रिएको देखाउछ।

यसरी निक्षेप थुप्रिएपनि कर्जा लगानी बढाउन सकेका थिएनन्। अहिले ठूलो कर्जाको माग नै छैन। बैंकहरुले ब्याजदर घटाएर सस्तो ब्याजदरमा नै कर्जा लिन बोलाइरहेको भए पनि व्यवसायीले कर्जा माग गरेका छैनन्।

यसले गर्दा उनीहरुको लागत बढ्दै गएको छ। महँगो ब्याजदरमा लिएको निक्षेपलाई कर्जाको रुपमा लगानी गर्न नसक्दा बैंकरहरु अहिले तनाबमा छन्। लगानीयोग्य रकम अधिक मात्रामा थुप्रिएपछि राष्ट्र बैंकको स्थायी निक्षेप सुविधा लिएर एक खर्बभन्दा बढी रकम राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदरमा नै राखेका छन्। ८ प्रतिशतभन्दा बढी ब्याज तिरेर लिएको निक्षेप ३ प्रतिशत ब्याजमा नै राष्ट्र बैंकमा राख्दा बैंकहरुले कति घाटा  बेहाेरिरहेका होलान?

यो अवस्थामा पछिल्लो समय चलाइएको अल्लाले एनआइसी एशिया बैंकलाई भने चिठ्ठा नै परेको छ किनभने बैंकले निक्षेप बैंकमा थुपारेर राख्दा उसको खर्च मात्रै बढ्ने अवस्था थियो। ठूलो निक्षेप बाहिरिदा उसको लगानीयोग्य रकम कम भएको छ जसले गर्दा बैंकको ठूलो लागत कम हुने अवस्था देखिएको छ। गत पुस मसान्तको तथ्याँक अनुसार बैंकको सिडि रेशियो ७८ प्रतिशतमा झरेको थियो। ३ खर्ब ८२ अर्ब निक्षेप रहेको बैंकमा ४५ अर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको अवस्था थियो। सो अवधिमा बैंकको कोषको लागत ७.६० प्रतिशत रहेको थियो।

अत्याधिक लगानीयोग्य रकम भएर कर्जा लगानी गर्ने ठाँउ नभएर तनाबमा रहेको अवस्थामा विभिन्न हल्लाले गर्दा बैंकको निक्षेप बाहिरिदा बैंकको लागत घटेको छ। अहिले यो बैंकको लागि नै फाइदाको विषय बनेको छ।

पछिल्लो समय बैंकको पूँजीकोष दबावमा रहेका कारण धेरै कर्जा विस्तार गर्नसक्ने ठाँउ पनि थिएन। बैंकले महँगो ब्याज तिरेर लिएको निक्षेप या त बैंकमा नै थुपारेर राख्नुपर्ने अवस्था थियो भने या त राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदर पाउनेगरी राख्नुपर्ने अवस्था थियो। यसले बैंकलाई निकै ठूलो घाटा हुने अवस्था थियो। तर निक्षेप बाहिरिदा एनआइसी एशिया बैंक यो तनावबाट मुक्त भएको छ।

एनआइसि एशिया बैंकबाट अहिले केहि निक्षेप झिकिएपछि त्यसमा चिन्ता गर्नु नपर्ने बैंकरहरु बताउछन्। "कुनै बैंकको छोटो समयको लागि केहि निक्षेप घट्यो भनेर चिन्दा गर्नु पर्दैन, बैंकको सबै सूचक बलियो छ। त्यो निक्षेप एक बैंकबाट झिकेपनि अर्को बैंकमा जान्छ। निक्षेप हाम्रै प्रणालीभित्र रहन्छ," एक बैंकरले भने ।

सोमबार नेपाल बैंकर्स सँघको पत्रकार सम्मेलनमा समेत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंक डुब्ने अवस्था नरहेको प्रष्ट पारेका छन्। बैंकको सबै सूचक राम्रो रहेकोले कुनै बैंक डुब्ने अवस्था नरहेको उनले प्रष्ट परेका छन्। "सहि तरिकाले काम गरिरहेका कुनै पनि बैंकलाई ढल्न दिँदैनौ, त्यसमा हामी प्रतिबद्ध छौ", गभर्नर महाप्रसाद अधिकारीले भने सर्वसाधारणको निक्षेप डुब्दैन।"

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै सर्वसाधारणलाई यसरी विश्वस्त बनाएपछि बैंकका निक्षेपकर्तामा समेत सकारात्मक मनोविज्ञान विकास हुँदै जाने र बैंक डुब्ने हल्ला सेलाउदै जाने देखिएको छ। यसले गर्दा अहिले बैंकबाट झिकिएको निक्षेप फेरि विस्तारै भित्रिदै जाने छ। तर अब बैंकमा नयाँ निक्षेप थपिँदा समेत बैंकले सस्तो ब्याजदरमा नै निक्षेप पाउने छ। जसले बैंकको लागत धेरै बढाउदैन। लागत कम हुँदा बैंकको आगामी वर्ष नाफा समेत अन्य बैंकको भन्दा राम्रो हुने देखिएको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।