मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले बोलाए साधारण सभा

Feb 28, 2024 06:38 AM Merolagani



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्। यी दुबैले चैत ९ गते सभा बोलाएका हुन्।

जाल्पा लघुवित्तको पाँचौ वार्षिक साधारण सभा द एसआर होटल, तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजे शुरु हुनेछ भने किसान लघुवित्तको पाँचौ वार्षिक साधारण सभा ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

यी दुबैको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको मनोनयनलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ जाल्पा सामुदायिक लघुवित्तले फागुन २४ गते बुकक्लोज गर्ने भएको छ भने किसान लघुवित्तले चैत १ गते बुकक्लोज गर्ने भएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।