धमाधम बैंकका कर्मचारी पक्राउ पर्न थालेपछि मनोज ज्ञवाली भन्छन्, 'जसलाई मन लाग्छ, एक हप्ता फाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ '?

Feb 28, 2024 11:36 AM Merolagani



कम धितोमा धेरै कर्जा दिएको भन्दै सिआइबिले बैंकका कर्मचारीलाई पक्राउ गरेपछि बैंकरहरु त्रसित भएका छन्। यसरी सिआइबिले कम धितो लिएकै आधारमा पक्राउ गर्ने हो भने कुनै पनि बैंकर जेल बाहिर नहुने समेत बताएका छन्।

कम धितोमा बढी कर्जा दिएको भन्दै मंगलबार प्रभु बैंकका डेपुटी सिइओ सहित ११ जनालाई सिआइबिले पक्राउ गरेको थियो। सो पश्चात अहिले बैंकिङ्ग क्षेत्रमा हलचल नै मचिएको छ।

नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवलीले कुनै बैंकले प्रवाह गरेको कर्जा खराब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भने बैंकिंग कसुर लगाउने र आरएमदेखि सिइओ र बोर्डसम्मलाई हथकडी लगाउने हो भने छ महिना मात्र कर्पोरेटरइन्फ्रामा कर्जा दिन बसेका कुनै बैंकर जेल बाहिर नहुने बताएका छन्। उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्। "जसलाई मन लाग्छ, एक हप्ता फाईल खोजेर टप्प टिपेर जेल हाले हुन्छ," उनले लेखेका छन्।

"कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बेइमानी गर्ने बैंकरलाई नागरिकको पैसामा बदमासी गरेको अपराधमा हदैसम्मको कारबाही हुनुपर्दछ तर सामान्य बैकिंग अभ्याससम्म नबुझी कुनै पेशाकर्मीलाई दुःख दिनु गलत हो," उनले लेखेका छन् "रिसइवी साध्न, दुःख दिने नियतले गरिएको कर्म हो वा बैकिंग नबुझी गरेको काम हो भने म खेद प्रकट गर्छु ।"

"धितो पर्याप्त लिई कर्जा प्रवाह गरेको र घुस खाएको छ भने सजाय हुनुपर्छ, जो बदमास छ अनुसन्धान गरेर उसैलाई समात्ने कानुनी व्यवस्था भएको भए सबैतिर त्रास हुँदैन थियो कि? बदमासी छैन भने साथीहरुले उन्मुक्ति पाउछन नै तर यसका लागि पनि अनावश्यक सेटिंग कति मिलाउनु पर्ने हो? उनीहरुले भोगेको मानसिक तनावको क्षतिपूर्ति कसरी हुन्छ?" उनले प्रश्न गरेका छन्।

कम धितो लिएको भन्दै सिआइबिले पक्राउ गर्न थालेपछि उनले बैंकहरुले अब धितोमा निश्चित प्रतिशत मात्रै कर्जा पाइने शेयर धितो कर्जामात्रै दिने हो भन्दै प्रश्न समेत उठाएका छन्। "के बैकहरुले अब रियलेस्टेट र घर कर्जा वा मार्जिन लेण्डिंग मात्र गर्ने हो?" उनले प्रश्न गरेका छन्।

घर कर्जा, व्याक्तिगत कर्जा, रियलस्टेट कर्जा प्रवाह गर्दा घर जग्गा धितो मूल्यांकन गराई धितोको ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म दिन मिल्दछ तर व्यवसायिक कर्जा र कर्पोरेट कर्जा र इन्फ़्रास्ट्रक्चर कर्जा प्रवाह गर्दा स्टक, रिसिभएबल र परियोजनको लागतको आधारमा प्रवाह गर्न मिल्छ, यस्तो कर्जामा धितो भनेको उक्त परियोजना, स्टक र रिसिभएबल मात्रै पनि हुन सक्छ । संसारभरको बैंकिंग प्राक्टिस यही भएको समेत उनले प्रष्ट पारेका छन्।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।