बोनसपछि हकप्रद दिन्छु भन्दा पनि बढ्न सकेन हिमालयन रि इन्स्योरेन्सको शेयर, उल्टै ७३१ बाट ६१२ मा आइपुग्यो

Feb 29, 2024 12:35 PM Merolagani



हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले बोनसपछि हकप्रद दिन्छु भन्दा पनि शेयर मूल्य बढ्न सकेको छैन् । बरु उल्टै शेयर मूल्य घट्दै गएको छ ।

बोनसपछि हकप्रद शेयर दिँदै छ भन्ने हल्ला शेयर बजारमा फैलिएपछि हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य बुलुक्क उचालिएको थियो । ६०० रुपैयाँको रेन्जमा कारोबार भइरहेको हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य ७०० रुपैयाँको रेन्जमा पुगेको थियो ।

बोनस शेयरपछि हकप्रद शेयर जारी गर्दै छ भन्ने हल्ला शेयर बजारमा आएपछि हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य ७०९ रुपैयाँ पुगेको थियो । गत माघ २५ गते उक्त मूल्यमा शेयर कारोबार हुन पुगेको थियो ।

माघ २५ गते बिहीबार शेयर कारोबार समयपछि बसेको हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.‍२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको थियो ।

सञ्चालक समितिको बैठकले गरेको यस्तो निर्णयपछि अर्थात माघ २८ गते खुलेको बजारमा हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य ७३१ रुपैयाँसम्म पुगेको थियो । तर, अहिले घटेर ६१२ रुपैयाँमा आइपुगेको छ ।

हिमालयन रि इन्स्योरेन्सको शेयर यो बीचमा ११९ रुपैयाँले घटिसकेको छ । उक्त इन्स्योरेन्सले बोनसपछि हकप्रद दिन्छु भन्दा पनि शेयर मूल्य बढ्न सकेको छैन् । बरु उल्टै शेयर मूल्य घट्दै आएको छ ।

यसैबीच, हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

सो साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गरेकाे छ। यस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन्। तर, हकप्रद शेयरका लागि भने कम्पनीले बुकक्लाेज गरेकाे छैन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।