बोनसपछि हकप्रद दिन्छु भन्दा पनि बढ्न सकेन हिमालयन रि इन्स्योरेन्सको शेयर, उल्टै ७३१ बाट ६१२ मा आइपुग्यो

Feb 29, 2024 12:35 PM Merolagani



हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले बोनसपछि हकप्रद दिन्छु भन्दा पनि शेयर मूल्य बढ्न सकेको छैन् । बरु उल्टै शेयर मूल्य घट्दै गएको छ ।

बोनसपछि हकप्रद शेयर दिँदै छ भन्ने हल्ला शेयर बजारमा फैलिएपछि हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य बुलुक्क उचालिएको थियो । ६०० रुपैयाँको रेन्जमा कारोबार भइरहेको हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य ७०० रुपैयाँको रेन्जमा पुगेको थियो ।

बोनस शेयरपछि हकप्रद शेयर जारी गर्दै छ भन्ने हल्ला शेयर बजारमा आएपछि हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य ७०९ रुपैयाँ पुगेको थियो । गत माघ २५ गते उक्त मूल्यमा शेयर कारोबार हुन पुगेको थियो ।

माघ २५ गते बिहीबार शेयर कारोबार समयपछि बसेको हिमालयन रि इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.‍२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको थियो ।

सञ्चालक समितिको बैठकले गरेको यस्तो निर्णयपछि अर्थात माघ २८ गते खुलेको बजारमा हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य ७३१ रुपैयाँसम्म पुगेको थियो । तर, अहिले घटेर ६१२ रुपैयाँमा आइपुगेको छ ।

हिमालयन रि इन्स्योरेन्सको शेयर यो बीचमा ११९ रुपैयाँले घटिसकेको छ । उक्त इन्स्योरेन्सले बोनसपछि हकप्रद दिन्छु भन्दा पनि शेयर मूल्य बढ्न सकेको छैन् । बरु उल्टै शेयर मूल्य घट्दै आएको छ ।

यसैबीच, हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

सो साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गरेकाे छ। यस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन्। तर, हकप्रद शेयरका लागि भने कम्पनीले बुकक्लाेज गरेकाे छैन् ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।