आयो शिखर इन्स्योरेन्सको ५ लाख कित्ता एफपीओ, प्रतिकित्ता ६ सय ५० का दरले छिटोमा मंसिर २१ सम्ममा आवेदन दिन सकिने

Nov 26, 2015 Mero Lagani



शिखर इन्स्योरेन्स (SICL) ले मंसिर १७ गते बिहीबारदेखि आवेदन दिन सक्ने गरि एफपीओ निष्काशन गरेको छ । इन्स्योरेन्समा सर्वसाधारणको हिस्सा ३० प्रतिशत बनाउनका लागि कम्पनीले प्रिमियममा ५ लाख १० हजार ९ सय ८८ कित्ता शेयर निष्काशन गरेको हो । आवेदकले प्रतिकित्ता ६ सय ५० रुपैंयाका दरले १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले प्रिमियममा शेयर निष्काशनका लागि आह्वान पत्र प्रकाशित गरेको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबीएल क्यापीटलका अनुसार अबवेदकले शिखर इन्स्योरेन्सको मुख्य कार्यालय थापाथलीका साथै शाखा कार्यालयहरु न्युरोड, गोंगबु, चाबहिल, बिराटनगर, बीरगञ्ज, पोखरा, नारायणगढ, बुटबल र नेपालगञ्जबाट आवेदन दिन सक्ने छन् ।

त्यसै गरि एनआइबीएल क्यापिटल लाजिम्पाट र नेपाल इन्भेष्टमेण्ट बैंकका मुलुकभरका सबै शाखाहरुबाट पनि एफपीओका लागि आवेलन दिन सक्ने क्यापीटलका महाप्रबन्धक मेख बहादुर थापाले जानकारी दिए । उनका अनुसार कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट लिमिटेड सोल्टीमोडबाट पनि आवेदन दिन सकिने छ । कृति बाहेकका सबै स्थानबाट नगद तथा चेकबाट आवेदन दिन सकिने भए पनि कृति क्यापिटलबाट आवेदन दिनेले अनिवार्य रुपमा चेकबाट रकम बुझाउनु पर्ने छ ।

निष्काशनको म्याद छिटोमा मंसिर २१ गते र ढिलोमा पुस २ गतेसम्म रहेको छ ।

अहिले इन्सायरेन्समा सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत हिस्सा रहेको छ । एफपीओ जारी भएर सर्वसाधारणको हिस्सा ३० प्रतिशत र संस्थाकको ७० प्रतिशत भए पछि कम्पनीले साधारण सभा मार्फत १९ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरि संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा बनाउन सक्छ ।

३५ करोड ७६ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको एफपिओ जारी भए पछि चुक्ता पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम भने कम्पनीको जगेडा कोषमा जम्मा हुनेछ । अहिले उसको जगेडा कोषमा १३ करोड ५५ लाख तथा बीमा कोषमा ३२ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६९ रुपैंया रहेको छ । एक महिना अघिसम्म ९ सय ५ रुपैंया प्रति कित्ताका दरले कारोबार भएको इन्स्योरेन्सको शेयर अहिले ७ सय ९० रुपैंयाको हाराहारीमा भैरहेको छ । १ सय ८० दिनको औसत शेयर मुल्य भने ८ सय २२ रुपैंया ४२ पैसा रहेको छ ।

शिखर ईन्स्योरेन्सले किन राख्यो एफपीओको महंगो मूल्य ?

भुकम्पले झस्काएपछि निर्जिबन बीमा कम्पनीहरुलाई झन् फाईदा, शिखर र लुम्बिनी जनरलको नाफा बढ्यो

इन्भेष्टमेण्ट बैंक र शिखर इन्स्यारेन्सको १० प्रतिशत एफपीओ आउने

यती डेभलपमेन्ट बैंकबाट कर्जा लिने ग्राहकहरुलाई निशुल्कः बिमा सुबिधा

निरन्तर शिखर चढ्दै शिखर इन्स्योरेन्स,के यो निर्जीवनमा नम्बर एक नै हो त ?

किन आकर्षित बन्दैछ शिखर इन्स्योरेन्स ? प्रतिशेयर आम्दानी मात्रै ६९ रुपैंया

शिखर ईन्स्योरेन्सले सर्वसाधारणको हिस्सा बढाउन प्रिमियममा शेयर निश्काशन गर्ने

..................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।