शिखर इन्स्योरेन्सको एफपिओमा पर्यो १२ गुणा बढीको आवेदन, तपाईले कति कित्ता शेयर पाउनु होला ?

Dec 08, 2015 Mero Lagani



निर्जीबन बीमा क्षेत्रको सशक्त कम्पनी शिखर ईन्स्योरेन्स (SICL) को नयाँ शेयर निष्काशन (एफपीओमा) सोमबार बेलुकासम्ममा १२ गुणा बढीले आवेदन दिएका छन् । इन्स्यारेन्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले दिएको जानकारी अनुसार एफपीओका लागि ४ अर्ब रुपैंया भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीमा सर्बसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न इन्स्योरेन्सले ५ लाख १० हजार ९ सय ८८ कित्ता नयाँ शेयर ९एफपीओ० निष्काशन गरेको हो । गत बिहीबारदेखि बिक्रि खुल्ला भइ सोमबार बन्द भएको एफपीओका लागि ६१ लाख ५४ हजार कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले नजाएको छ ।

मेरो लगानीसंग कुरा गर्दै क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले भने – 'सोमबारसम्म ४ अर्ब रुपैंया भन्दा बढीको आवेदन परेको छ । बैंकहरु मार्फत पनि आवेदन संकलन गरेकाले अझै कम्पाइलिंगको काम भैरहेको छ । सबै काम सकेर आजै हामी धितोपत्र बोर्डमा विबरण पठाउँछौं ।’

१२ गुणा बढी आवेदन परेका आधारमा हेर्दा लगानीकर्ताले कम्तीमा पनि १० देखि १२ प्रतिशतसम्म शेयर पाउने देखिएको छ ।

गत बिहीबारदेखि बिक्री खुला गरिएको एफपिओका लागि आइतबार बेलुकासम्ममा ७२ करोड रुपैंयाको आवेदन परेको थियो । सस्थागत तथा ठुला लगानीकर्ताले अन्तिम दिन ३ अर्ब ३० करोड रुपैंया भन्दा बढीको आवेदन दिएका छन् ।

शिखरले आफ्नो शेयर प्रति कित्ता ६५० रुपैयाँमा सर्बसाधारणका लागि बिक्री खुला गरेको हो । एफपिओ निष्काशन पश्चात कम्पनीको शेयर मुल्य पनि एकाएक आकाशिएको छ । एफपिओ निष्काशन भएका दिन बजारमा ८ सय ४१ रुपैयाँ प्रतिकित्तामा किनबेच भईरहेको शिखरको शेयर मुल्य आइतबारसम्मा आइपुग्दा ९ सय ४२ रुपैंयामा किनबेच भैएको छ । यसरी हेर्दा पनि ९ सय ४२ रुपैंयामा किनबेच भैरहेको शेयर ६ सय ५० रुपैयाँमा किन्न पाउनु लगानीकर्ताका लागि फाइदाजनक देखिएको छ । शिखरले प्रति कित्ता ५ सय ५० रुपैयाँ प्रिमियम थप गरेर शेयर बिक्रीमा ल्याएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकका मुलुकभरका सबै शाखाहरुबाट आवेदन दिने आवेदकहरुलाई सोही बैंकको खाता आबेदन पत्रमा उल्लेख गरेमा शेयर नपरी बाँकी रहेको रकम बैंक खातामा जम्मा हुने ब्यवस्था मिलाईएको क्यापिटलले जनाएको छ ।

एफपिओ निष्काशनको म्याद छिटोमा मंसिर २१ गते र ढिलोमा पुस २ गतेसम्म रहेको थियो ।

अहिले इन्सायरेन्समा सर्वसाधारणको २० प्रतिशत र संस्थापकको ८० प्रतिशत हिस्सा रहेको छ । एफपीओ जारी भएर सर्वसाधारणको हिस्सा ३० प्रतिशत र संस्थापकको ७० प्रतिशत भए पछि कम्पनीले साधारण सभा मार्फत १९ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गरी संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा बनाउन सक्छ ।

३५ करोड ७६ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको एफपिओ जारी भए पछि चुक्ता पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुग्नेछ । बाँकी रकम भने कम्पनीको जगेडा कोषमा जम्मा हुनेछ । अहिले उसको जगेडा कोषमा १३ करोड ५५ लाख तथा बीमा कोषमा ३२ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ । इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६९ रुपैंया रहेको छ ।

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

शिखर इन्स्योरेन्सको एफपिओको आवेदन दिन छुट्नु भयो कि ? आज अन्तिम दिन, सवा अर्ब रुपैंया बढीको आवेदन पर्ने अनुमान

 

शिखरको एफपीओ बिहीबारदेखि बिक्री खुला, खरिदको आबेदन हाल्नु कति फाईदाजनक ?

आयो शिखर इन्स्योरेन्सको ५ लाख कित्ता एफपीओ, प्रतिकित्ता ६ सय ५० का दरले छिटोमा मंसिर २१ सम्ममा आवेदन दिन सकिने

भुकम्पले झस्काएपछि निर्जिबन बीमा कम्पनीहरुलाई झन् फाईदा, शिखर र लुम्बिनी जनरलको नाफा बढ्यो

इन्भेष्टमेण्ट बैंक र शिखर इन्स्यारेन्सको १० प्रतिशत एफपीओ आउने

निरन्तर शिखर चढ्दै शिखर इन्स्योरेन्स,के यो निर्जीवनमा नम्बर एक नै हो त ?

किन आकर्षित बन्दैछ शिखर इन्स्योरेन्स ? प्रतिशेयर आम्दानी मात्रै ६९ रुपैंया




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।