शिखर इन्स्योरेन्सले ३० प्रतिशत बोनश दिने, एफपिओका शेयरधनीले पनि बोनश पाउने

Dec 23, 2015 Mero Lagani



शिखर इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ३०.८ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको १३१ औ बोर्ड बैठकले गतबर्षको मुनाफाबाट उक्त प्रस्ताव गरेको हो ।

कम्पनीले गतआर्थिक बर्षमा २४ करोड ६९ लाख रुपैयाँ कमाएको थियो । प्रस्तावित लाभांश वीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ् ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ३०.८ प्रतिशत र एफपिओ वितरण पश्चात कायम चुक्तापूँजीको २६.३१ प्रतिशत बोनश वितरण गर्ने जनाएको छ । कम्पनीले एफपिओ मार्फत बनेका शेयरधनीलाई समेत बोनश वितरण गर्ने जनाएको छ ।

३५ करोड ७६ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको एफपिओ जारी भए पछि चुक्ता पुँजी ४० करोड ८७ लाख रुपैयाँ पुगेको छ । बोनश वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड रुपैयाँ नाघ्नेछ ।

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

शिखर इन्स्योरेन्सको एफपिओको आवेदन दिन छुट्नु भयो कि ? आज अन्तिम दिन, सवा अर्ब रुपैंया बढीको आवेदन पर्ने अनुमान

 शिखरको एफपीओ बिहीबारदेखि बिक्री खुला, खरिदको आबेदन हाल्नु कति फाईदाजनक ?

आयो शिखर इन्स्योरेन्सको ५ लाख कित्ता एफपीओ, प्रतिकित्ता ६ सय ५० का दरले छिटोमा मंसिर २१ सम्ममा आवेदन दिन सकिने

भुकम्पले झस्काएपछि निर्जिबन बीमा कम्पनीहरुलाई झन् फाईदा, शिखर र लुम्बिनी जनरलको नाफा बढ्यो

इन्भेष्टमेण्ट बैंक र शिखर इन्स्यारेन्सको १० प्रतिशत एफपीओ आउने

निरन्तर शिखर चढ्दै शिखर इन्स्योरेन्स,के यो निर्जीवनमा नम्बर एक नै हो त ?

किन आकर्षित बन्दैछ शिखर इन्स्योरेन्स ? प्रतिशेयर आम्दानी मात्रै ६९ रुपैंया




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।