लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

May 24, 2020 04:12 PM Merolagani

शेयर बजारसम्बन्धि तालिम शेयर बजारमा दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको लागि मात्रै नभई सामान्य लगानी गरेका लगानीकर्ताहरुका लागि पनि आवश्यक पर्छ। तपाई जुनसुकै पेशामा आबद्ध हुनु भएपनि शेयर सम्बन्धि तालिमले तपाईको आम्दानी बढाउन सहयोग गर्नेछ।

शेयर बजारप्रतिको बढ्दो आकर्षणसँगै शेयर तालिम लिन चाहने मानिसहरु धेरै छन्। यसमा पनि विशेष गरी प्राविधिक विश्लेषण सिक्न चाहनेहरु धेरै छन्। तर, कोही समय नभएर त कोही महँगो शुल्कका कारण तालिम लिन सकिरहेका छैनन्।

यही कुरालाई ध्यानमा राखेर मेरोलगानी डटकमले सस्तो मूल्यमा अनलाईन मार्फत एडभान्स इनडेप्थ टेक्निकल एनालाइसिस तालिम दिने व्यवस्था गरेको छ। एक दशकदेखि निरन्तर शेयर बजारसम्बन्धि सूचना सम्प्रेषण गर्दै आएको मेरोलगानी डटकमले लामो समयदेखि यससम्बन्धि तालिम पनि दिदै आएको छ।

 

रु 10,000 पर्ने कोर्स अब रु 2,500 मा

विगतको समयमा १० हजार रुपैयाँ पर्ने यस एडभान्स कोर्स अब मेरोलगानीले तपाईको लागि मात्र २ हजार ५०० मा दिने भएको छ। अर्थात, तपाईले अब घरमै बसी आफ्नो कम्प्यूटर, ल्यापटप अथवा मोबाइलबाट मात्र २ हजार ५०० रुपैयाँमा शेयर सम्बन्धि एडभान्स कोर्स लिन सक्नुहुनेछ। यसले तपाईको लकडाउनको समय सदुपयोग हुनुका साथै शेयरसम्बन्धि ज्ञान पनि बढ्नेछ। र लकडाउनपछि तपाई आफै लगानीका रणनीति बनाई बजारमा लगानी गर्न सक्षम बन्नुका साथै बजारबाट कमाउन पनि सक्नुहुन्छ।

प्राविधिक विश्लेषण नेपाली सरल भाषामा

 

प्राविधिक विश्लेषणको उद्देश्य मूल्य पूर्वानुमान गर्नु हो। विगतका तथ्याङ्कलाई प्रशोधन गरी तपाई आफ्नो लगानीको रणनीति बनाउन सक्नुहुन्छ।

मेरोलगानीले शेयर बजारसम्बन्धि कुनै ज्ञान नै नभएका व्यक्तिले पनि बुझ्न सक्ने गरी यस कोर्सलाई तयार पारेको छ। मेरोलगानीका सिईओ अतित लाल श्रेष्ठको प्रत्यक्ष निगरानीमा यस तालिम सञ्चालन हुनेछ।

प्रश्न गर्न मिल्ने

यसमा तपाईले नेपाली शेयर बजारसँग सम्बन्धित कुराहरुको सैद्धान्तिक तथा व्यवहारीक ज्ञान दिइन्छ। यस तालिममा तपाईले आफुलाई मनमा लागेका सबै कुरा प्रत्यक्ष सोध्न सक्नुहुनेछ। यसका साथै तपाईलाई टेलिग्राम एप मार्फत गृहकार्य पनि दिइनेछ।

यस तालिममा तपाईले निम्न कुराहरु सिक्न सक्नुहुनेछः

प्राविधिक विश्लेषणको परिचय
१) टेवा र प्रतिरोध (सपोर्ट एण्ड रेसिस्टेन्स)
२) मैनबत्ती विश्लेषण (क्यानडलस्टिक)
३) प्रवृतिरेखा (ट्रेण्डलाइन)
३) मुभिङ्ग एभरेज
५) रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई)
६) फिबोनाची रिट्रेसमेन्ट र प्रोजेक्सन
७) चार्ट प्याटर्न
८) इलियट वेभ थ्योरी
९) मुभिङ्ग एभरेज कन्भर्जेन्स एण्ड डाइभर्जेन्स (एमएसीडि)
१०) भोल्यूम एनालाइसिस
११) कम्पनी विश्लेषण
१२) ट्रेडिङ्ग रणनीतिहरुको विकास र अन्य

कोर्स लिनका लागि यहाँ क्लिक गर्नुहोस्

 

****

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।