सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार?

Nov 19, 2026 10:59 AM Merolagani



मंसिर ३ गते, बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।

 

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार पुन घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।