भिनफास्टले ल्याउदै सानो आकारको विद्युतीय कार ‘भीएफ थ्री’, नेपालमा कहिले आउला ?

Mar 02, 2024 11:38 AM Merolagani

भियतनामी विद्युतीय कार निर्माता कम्पनी भिनफास्टले भारतमा प्लान्ट स्थापना सुरु गरेसँगै नयाँ गाडीको रुपमा ह्याच ब्याक गाडी ल्याउने भएको छ ।

भारतमा उत्पादन सुरु भएसँगै कम्पनीले भारतमा पहिला इभी गाडीको रुपमा भीएफ थ्री उत्पादन गर्ने भएको हो । हाल भिनफास्टले विद्युतीय कारको पेटेन्ट दर्ता सुरु गरेसँगै भरतीय बजारमा सानो आकारको विद्युतीय कार छिट्टै ल्याउने जनाएको छ ।

 गत केहि महिना अघि मात्रै भारतीय बजारमा प्रवेश गरेको थियो । विश्व बजारमा पनि लोकप्रिय बन्दै आएको भिनफास्ट भारत प्रवेश गरेसँगै ठूलो लगानी गाडी उत्पादनमा लगाएको छ ।

भिटफास्टले भारतको तामिलनाडूमा ईभी उत्पादन प्लान्ट बनाउने र त्यहाँबाट वार्षिक १ लाख ५० हजार विद्युतीय कार उत्पादन गर्ने गरी हालै चार हजार करोड लगानीको घोषणा गरेको थियो । भिनफास्टले भारतमा आक्रामक बजार विस्तार गर्नेगरी विद्युतीय कार ल्याउने योजना जनाएको छ ।
कम्पनीले भिएफ थ्रिसँगै भारतमा भीएफ सेभेन, भीएफ नाइन तथा सव कम्प्याक्ट एसयूभी भीएफ सिक्स र भीएफ ८ इभी पनि उत्पादन गर्ने जनाएको छ ।

भिनफास्टले ल्याउने नयाँ गाडी भीएफ थ्री ३.२ मिटरको र उच्च ग्राउन्ड क्लियरेन्स भएको विद्युतीय कार हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा २ सय १ किलोमिटर रेन्ज दिने गरी यो गाडी उत्पादन गर्ने कम्पनीको तयारी छ ।

भारतीय प्लान्टबाट उत्पादन हुने भिनफास्टका विद्युतीय कार भारतसहित दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकी मुलुकमा निर्यात गर्ने कम्पनीको योजना छ ।

पछिल्लो समय नयाँ ब्रान्डहरुले भारत अटोमोबाइलको ठूलो बजार मान्ने गरेकाले धरै ब्रान्ड भारतमा प्लान्ट नै स्थापन गर्ने इच्छा देखाएका छन । विद्युतीय सवारी उत्पादनमा आक्रामक बजार विस्तारमा रहेका टेस्ला, भिनफास्टजस्ता कम्पनीका लागि भारत उर्वर हुन सक्ने अनुमान गरिएको छ ।

भियतनाको भिन ग्रुपको स्वामित्वमा रहेको विद्युतीय कार निर्माता भिनफास्ट कम्पनी २०१७ मा स्थापना भएको थियो। भिनफास्टले भारतमा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्न सुरु गरेपछि उक्त कार नेपाल आउने निश्चित भएको छ । भिनफास्टले नेपालका लागि आधिकारिक बिक्रेता केहि हप्ता अघि मात्रै नियुक्त गरेको थियो ।

विशाल समूहअन्तर्गतको एसभान्स्ड अटोमोबाइल प्रालि भिनफास्टको आधिकारिक बिक्रेता नियुक्त गरिसकेको छ। भिनफास्ट भारतले ल्याउन लागेको भिएफ थ्री नेपाल आउने निश्चि छ ।

 

एमजी कोमेट र टाटा टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने गरि आउने अनुमान गरिएको यो कारको मूल्य ७ देखि १० लाख भारु हुने अनुमान गरिएको छ । ईभी स्टार्टअपका रुपमा टेस्लाकै प्रतिस्पर्धी भनेर चर्चा हुने गरेको भिनफास्ट २०२१ मा विश्व बजारमा प्रवेश गरेको थियो।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।