अर्थमन्त्रीमा विष्णु पौडेल कि बर्षमान पुन ?

Mar 04, 2024 12:02 PM Merolagani

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सहितको गठबन्धन तोडेसँगै अर्थमन्त्रीमा विष्णु पौडेल वा बर्षमान पुन मध्ये एक आउने चर्चा चलेको छ ।

सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सहितको नयाँ गठबन्धन सरकार बन्ने भएपछि अर्थमन्त्रीमा पुन र पौडेल मध्ये एक जनालाई बनाउने तयारी भएको छ ।

काँग्रेसलाई सरकारबाट हटाएर एमालेसँग नयाँ गठबन्धन बनाई सानो आकारको मन्त्रिमण्डल पुनर्गठन हुँदै छ । पहिलो चरणमा पदम गिरिलाई सरकारमा पठाउने एमालेले निर्णय गरेको छ ।

नयाँ सरकारको अर्थमन्त्रीमा एमालेबाट उपाध्यक्ष पौडेल भए पुन गृहमन्त्री बन्नेछन् ।  

पौडेल यसअघि गत पुसमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वकै सरकारका अर्थमन्त्री बनेका थिए । एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच अर्थमन्त्रीमा पुन र विष्णु पौडेल मध्ये कसलाई पठाउने टुङ्गिन बाँकी छ ।

प्रधानमन्त्री प्रचण्ड जसरी भएपनि अर्थमन्त्रीमा पुनलाई ल्याउने पक्षमा छन् किनकी यसअघि अर्थमन्त्री प्रकाशशरण महत हुँदा उनले भने अनुसार काम गर्न पाएका थिएनन् । 

यता एमाले भने पाैडेललाई अर्थमन्त्री बनाउने निर्णय गरिसकेकाे छ ।

आजै सानो आकारको मन्त्रीपरिषद गठन गर्न र भावी कार्ययोजना बारे छलफल गर्न एमाले सहितका चार दल प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । 

केहि समयदेखि अर्थमन्त्री महतको कारण प्रधानमन्त्री प्रचण्ड बिच्किदै आएका थिए भने  राष्ट्रिय सभाका अध्यक्षमा पनि काँग्रेस र माओवादी बीच सहमति हुन सकेको थिएन । 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।