प्रि ओपन सेसन अपडेटः करिब १७ अंक बढ्यो नेप्से

Mar 05, 2024 10:52 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ११७.७० अंक बढेर २०७८.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंक बढेर २०९४.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १६९ स्टकको ४ करोड ५ लाख ९३ हजार ५७९ रुपैयाँ ७० पैसाबराबरको १ लाख ७ हजार २२५ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १३९ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।