सुनको भाउ हालसम्मकै उच्च मूल्यमा, एकैदिन तोलामा २,००० ले बढ्याे

Mar 05, 2024 10:58 AM Merolagani



फागुन २२ गते, मंगलबार सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसअघि सुनको भाउ प्रतितोला २२ हजार रुपैयाँसम्म पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको महासँघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लाे समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको हो।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।