सुनको भाउ हालसम्मकै उच्च मूल्यमा, एकैदिन तोलामा २,००० ले बढ्याे

Mar 05, 2024 10:58 AM Merolagani



फागुन २२ गते, मंगलबार सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसअघि सुनको भाउ प्रतितोला २२ हजार रुपैयाँसम्म पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको महासँघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लाे समय अन्तराष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दो क्रममा छ। यसले गर्दा नेपालमा पनि सुनको भाउ बढेको हो।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।