रिभर फल्सले शतप्रतिशत हकप्रद जारी गर्ने

Mar 22, 2024 01:55 PM Merolagani

रिभर फल्स पावर लिमिटेड (RFPL) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

हकप्रद शेयर निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ। आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।