रिभर फल्सले शतप्रतिशत हकप्रद जारी गर्ने

Mar 22, 2024 01:55 PM Merolagani



रिभर फल्स पावर लिमिटेड (RFPL) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। चैत ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।

हकप्रद शेयर निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिएको छ। आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात कम्पनीले हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।