सामान्य घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Apr 12, 2024 08:31 AM Merolagani



वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा चैत महिनामा औषतमा अधिकतम ७.२५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले बैशाख महिनामा औषतमा अधिकतम ७.०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्।

 

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले यस्तो निक्षेपमा अधिकतम ब्याजदर घटाएका कारण औषत ब्याजदर सामान्य घट्न पुगेको हो। ५ बैंकहरुले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकहरुले ब्याजदर बढाएका छन्।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतविन्दु घटेको छ। चैतमा ६.०० प्रतिशतविन्दु रहेको यस्तो निक्षेपमा बैंकहरुको औषत ब्याजदर बैशाखका लागि घटेर ५.८१ प्रतिशतविन्दुमा झरेको छ।

कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

बैशाख महिनामा २० वाणिज्य बैंकहरुमध्ये एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ। सो बैंकले ५ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत निक्षेपमा ७.९७ प्रतिशतका दरले ब्याज दिने भएको छ। त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंक भने कृषि विकास बैंक रहेको छ। सो बैंकले अधिकतममा ५.६६६१ प्रतिशतका दरले ब्याज दिनेछ।

दुई बैंकले बढाए ब्याजदर

बैशाख महिनाका लागि ब्याजदर बढाउने दुई बैंक एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। एनएमबि बैंकले चैतको तुलनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.९७ प्रतिशतविन्दु बढाएको हो भने एभरेष्टले ०.५ प्रतिशतविन्दु बढाएको हो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।