नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

Apr 16, 2024 10:20 AM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।