चालु आर्थिक वर्षको पहिलो ९ महिनामा फाइनान्सले १३ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.२८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५७.८९ प्रतिशत बढेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८२.२३ प्रतिशत घटेको छ। सो अवधिसम्ममा फाइनान्सको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ रहेको छ।
नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा रहेको छ।
७२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ सञ्चित छ। चैत मसामन्तसम्ममा फाइनान्सले २ अर्ब २४ करोड रुपैयाँ निक्षेपबाट १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।