आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

May 08, 2024 12:08 PM Merolagani

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड (IGI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ८८.२६ प्रतिशत बढेको छ भने कुल आम्दानी ११९.१९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९४.८३ प्रतिशत र कुल खर्च ९१.९२ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ २८ पैसा बढेर २० रुपैयाँ ५८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्स्को मूल्य आम्दानी अनुपात २६.१० गुणा र प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ९२ पैसा रहेको छ।

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड ४१ लाख रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २७ करोड ९७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ।

 
comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।