रैसीकाे मृत्युपछि अब काे बन्ला इरानी राष्ट्रपति ?

May 20, 2024 04:24 PM Merolagani



इरानी राष्ट्रपति इब्राहिम रैसी पूर्वी अजरबैजानबाट फर्कदै थिए । त्यसपछि उनी चढेकाे हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबैको मृत्यु भयो। उनको मृत्युको खबरले विश्वभर तहल्का मच्चिएको छ । अहिले सबैको मनमा अब रैसीको स्थान कसले लेला ? भन्ने चलिरहेको छ । अहिले सबैजना इरानको भावी राष्ट्रपतिको नाम जान्न चाहन्छन्।

इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई उत्तराधिकारी मानिएकाे छ । रैसीको आकस्मिक मृत्युले मध्यपूर्वको सबैभन्दा शक्तिशाली पदमध्येको एकको भविष्यलाई पनि असर गर्नेछ। इरानी संविधानको धारा १३१ मा राष्ट्रपतिको कार्यकालका क्रममा मृत्यु भएमा प्रथम उपराष्ट्रपतिले अस्थायी राष्ट्रपतिको पदभार ग्रहण गर्ने उल्लेख गरिएकाे छ। सर्वोच्च नेताले पुष्टि गरेमा मात्र उनले याे पद प्राप्त गर्नेछन् ।

५० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने

इरानी संविधानको कुरा गर्ने हो भने इब्राहिम रैसीको उत्तराधिकारी वर्तमान उपराष्ट्रपति हुनेछन्। हाल मोहम्मद मोख्बर इरानका प्रथम उपराष्ट्रपति रहेका छन्। तर राष्ट्रपतिमा उनको नियुक्ति सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको स्वीकृतिमा निर्भर हुनेछ। यसका साथै प्रथम उपराष्ट्रपति, संसदका सभामुख र न्यायपालिकाका प्रमुख सम्मिलित परिषद्ले बढीमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गराउनु पर्नेछ।

मोख्बर सर्वोच्च नेता अली खामेनीसँग पनि नजिक

१९५५काे सेप्टेम्बर १मा जन्मेका मोख्बर, रैसी जस्तै, सर्वोच्च नेता अली खामेनीका निकट व्यक्तिका रूपमा लिइन्छ। २०२१ मा इब्राहिम रैसी इरानको राष्ट्रपतिमा निर्वाचित भएपछि मोहम्मद मोख्बर पहिलो उपराष्ट्रपति बनेका थिए। मोख्बर इरानी अधिकारीहरूको टोलीको हिस्सा थिए जसले गत वर्ष अक्टोबरमा मस्कोको भ्रमण गरेको थियो । साेहि टाेलीले रसियाको सेनालाई सतहबाट सतहमा आक्रमण गर्ने मिसाइल र ड्रोनहरू आपूर्ति गर्न सहमत भएको थियो। टोलीमा इरानको रिभोलुसनरी गार्डका दुई वरिष्ठ अधिकारी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का एक अधिकारी पनि थिए। मोख्बरले इरानका सर्वोच्च नेता खामेनीसँग जोडिएको लगानी कोष सेताडको पनि नेतृत्व गरे। खमेनी आफैंले सन् २००७ मा उनलाई यो जिम्मेवारी सुम्पेका थिए ।

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले ३७ कम्पनीमाथि लगायाे प्रतिबन्ध 

सन् २०१० मा मोहम्मद मोख्बरमाथि आणविक र ब्यालिस्टिक मिसाइल गतिविधिमा संलग्न भएको आरोपमा युरोपेली संघले प्रतिबन्ध पनि लगाएको थियो। सन् २०१३ मा अमेरिकी ट्रेजरी डिपार्टमेन्टले सेटाड र आफ्नो सुपरिवेक्षणमा रहेका ३७ कम्पनीहरूलाई स्वीकृति दिएको थियो। सेताडको पूरा नाम सेताड इजराइ फरमान हजरत इमाम (इमामको आदेश लागू गर्ने मुख्यालय) हो, जुन इस्लामिक गणतन्त्रका संस्थापक, खामेनीका पूर्ववर्ती, अयातुल्ला रुहोल्लाह खोमेनीद्वारा जारी आदेश अन्तर्गत स्थापित भएको थियो। उक्त आदेशमा १९७९ को इस्लामिक क्रान्ति पछिका वर्षहरूमा दावी नगरिएको सम्पत्ति बेच्न र आम्दानीको ठूलो हिस्सा परोपकारमा दान गर्न भनिएको थियो।

खामेनीले अनुमोदन गरेमा उनी राष्ट्रपति बन्ने

प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बरको प्रशासनमा पनि राम्रो पकड छ । उनी हाल एक्सपेडिन्सी डिसेर्मेन्ट काउन्सिलको सदस्य पनि छन्। यसअघि उनी सिना बैंकको बोर्ड अध्यक्ष र खुजेस्तान प्रान्तका डेपुटी गभर्नर भइसकेका छन् ।

उनीसँग दुईवटा पीएचडी डक्टरेटकाे डिग्री छ। तर, खामेनीको स्वीकृतिपछि मात्रै उनको राष्ट्रपति पदमा नियुक्तिको बाटो खुल्नेछ । 

१९७९को इस्लामिक क्रान्तिपछि इरानमा सर्वोच्च नेता स्थापित एक पद हो । जसलाई शिया इस्लामिक धर्मशास्त्रमा बेलायत ए फकीह पनि भनिन्छ। सर्वोच्च नेता इरानमा परम शासक हो भने देशसँग सम्बन्धित सबै प्रमुख निर्णयहरू लिनका लागि उ नै जिम्मेवार हुन्छ। यसको अर्थ इरानमा सर्वाेच्च नेता हेड अफ स्टेट र कमाण्डर इन चीफ हुने गर्छ।

एजेन्सीकाे सहयाेगमा ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।