महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

Nov 03, 2025 10:37 AM Merolagani



महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।