दाजुभाइको झगडापछि सुरु भएको ओरियो, यसरी भयो चर्चित

May 29, 2024 12:09 PM Merolagani

ओरियोले लिमिटेड एडिशन ’स्टार वार्स’ कुकीहरू लन्च गरेको छ। यसलाई ‘स्टार वार्स’ को चरित्रमा डिजाइन गरिएको छ। यी विशेष कुकीहरू बजारमा दुई फरक प्रकारका क्रिमका साथ उपलब्ध छन्।

विशेषगरी बालबालिकाहरुको रोजाइमा पर्ने गरेको यो कुकीज वास्तावमा दुई भाइहरुको व्यवसायिक लडाईको परिणाम हो।

कथा १८९० मा सुरु हुन्छ। जेकब लुज र जोसेफ लुज नामका दुई दाजुभाइ थिए। दुवैले अमेरिकामा बिस्कुट बनाउने बेकरी ‘सनसाइन बेकरी’ खोलेका थिए। जेकबले यो बेकरीलाई कम्पनीमा परिणत गरे र यसका प्रमुख बने। जोसेफ सञ्चालक समितिमा सामेल भए।

यसैबीच, जेकबको स्वास्थ्य बिग्रन थाल्यो। जोसेफले उनको अनुपस्थितिमा व्यवसायको जिम्मेवारी लिए। कम्पनी विस्तार गर्न उनले अर्को कम्पनीसँग मर्जरको रणनीति अपनाए। जोसेफको यो निर्णयसँग जेकब सहमत थिएनन्। यसका बाबजुद पनि जोसेफले मर्जरको सम्झौता अघि बढाए र सन् १९१२ मा नेशनल बिस्कुट कम्पनी (नाबिस्को) स्थापना गरे। जसका कारण दुई दाजुभाइबीच मनमुटाव बढ्यो र काम पनि छुट्टियो।

यसरी जेकबले ‘लुज विल्स’ नामको बिस्कुट कम्पनी खोले, जसको नाम पछि परिवर्तन गरेर पुरानो बेकरीको नामबाट ‘सनशाइन’ राखियो। यस कम्पनीको ‘हाइड्रोक्स’ कुकीज बजारमा हिट भएको थियो।

त्यही समयमा, जोसेफको कम्पनी नाबिस्कोले स्यान्डविच कुकीज ओरियो बनाएका थिए।

बजारमा प्रतिस्पर्धा कायम राख्न दुवै कम्पनीले कुकीजको प्याकेजिङ उस्तै राखेका थिए।

लन्चपछि बजारमा स्थान बनाउन असफल भएको थियो ओरियो

वास्तवमा ‘हाइड्रोक्स’ कुकीज एक अवधारणामा आधारित थिए। यो दूधमा डुबाउने बित्तिकै पग्लन्थ्यो। मानिसहरुलाई दुधमा घुलेको यसको स्वाद मनपर्थ्याे। ओरियोमा यस्तो हुँदैनथ्यो, त्यसैले यसले बजारमा राम्रो प्रतिक्रिया पान सकेन। यसपछि कम्पनीले ओरियोलाई बजारमा स्थान बनाउन विभिन्न रणनीति बनाउन थाल्यो।

१९२१ मा उत्पादनको नाम परिवर्तन गरेर ओरियो स्यान्डविच राखियो। फेरि १९३७ मा परिवर्तन गरेर ओरियो क्रिम स्यान्डविच राखियो।

खाद्य वैज्ञानिकले परिवर्तन गरे कुकीजको डिजाइन

१९५० मा, ओरियोले मार्केटिङमा खर्च दोब्बर गर्न थाल्यो। नाबिस्कोले ओरियोलाई आइसक्रिममा प्रयोग गर्न लाइसेन्स दिन थाल्यो। १९७४ मा, यसलाई ओरियो चकलेट स्यान्डविच कुकी भनेर चिनिन थाल्यो।

लोकप्रियता बढाउन यसको डिजाइन समय समयमा परिवर्तन गरिरहे। ओरियोको जुन डिजाइन अहिले हामी देख्न सक्छौँ, त्यो १९५२ मा खाद्य वैज्ञानिक विलियम ए द्वारा टर्नियर द्वारा बनाईएको हो।

प्रतिस्पर्धीको नकारात्मक ब्रान्डिङका कारण बदलियो भाग्य

धेरै प्रयास गर्दा पनि ओरियोले बजारमा स्थान बनाउन सफल हुन सकेको थिएन। लोकप्रियता बढाउन कम्पनीले आफ्नो प्रतिद्वन्द्वी ‘हाइड्रोक्स’ विरुद्ध नकारात्मक वातावरण सिर्जना गर्न थाल्यो। कम्पनीले ‘हाइड्रोक्स’ वास्तविक उत्पादन होइन, मिसावट भएको भनेर प्रचार गर्न थाल्यो।

यति मात्र होइन, ओरियो बनाउने कम्पनीले ‘हाइड्रोक्स’ लाई ट्वाइलेट क्लिनर हार्पिकसँग तुलना गर्न थाल्यो।

यसैको फाइदा उठाउँदै सन् १९५० मा कम्पनीले ओरियोलाई पुनः ब्राण्डिङ गरी यसको मूल्य प्रिमियम बनायो।

नकारात्मक ब्रान्डिङले काम गर्यो र ओरियोले बजारमा कब्जा जमाउन थाल्यो। यसरी ‘हाइड्रोक्स’ जनतामाझ सस्तो र बेकारको उत्पादन बन्न पुग्यो।

मोन्डेलेज इन्टरनेशनलले किन्यो ओरियो

वर्षौंसम्म ओरियोको स्वामित्व क्राफ्ट भनिने खाना कम्पनीसँग रह्यो। सन् २०१२ मा अमेरिकी खाद्य कम्पनी मोन्डेलेज इन्टरनेशनलले ओरियो किन्यो। ओरियोको स्वाद विभिन्न देशहरूमा स्थानीय अवस्थाहरूमा निर्भर गर्दछ।

मार्केटिङ रणनीति अनुसार यसको स्वाद देश अनुसार बनाइन्छ। ओरियो नौ स्वादहरूमा उपलब्ध छन्। जस्तै ग्रीन टी ओरियो चीन र जापानमा मात्र उपलब्ध छ।

 

भारत ओरियोको तेस्रो ठूलो बजार

ओरियोलाई भारतीय बजारमा मार्च २०११ मा ‘क्याडबरी ओरियो’ नामबाट ल्याइएको थियो। क्याडबरी भारतमा एक प्रसिद्ध ब्रान्ड थियो। त्यसैले भारतमा ओरियो लन्च गर्न क्याडबरीको सहयता लिइएको थियो।

अल्भारेज एण्ड मार्सल कम्पनीका अनुसार भारतमा बिस्कुटको बजार करिब साढे ४ खर्ब रुपियाँ छ। यसमा कुकीजको बजार हिस्सा ३५–४० प्रतिशत छ भने सामान्य बिस्कुटको २५ प्रतिशत र क्रिम बिस्कुट र क्रेकर्सको बजार १५ प्रतिशत छ।

अहिलेको समयमा ओरियोको लागि भारत, अमेरिका र चीन पछिको तेस्रो ठूलो बजार हो। मोन्डेलेज इन्टरनेशनलको भारतबाट प्राप्त हुने व्यापारको १२ प्रतिशत ओरियोले ओगटेको छ। कम्पनीको कुल राजस्व ८३ खर्ब रुपियाँ छ।

ओरियोको क्रीम परीक्षण गर्न बनाइयो ओरियोमिटर

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का इन्जिनियरहरूले पनि यसको क्रिमको रिओलोजीमा अनुसन्धान गरिसकेका छन्। वास्तवमा, जब ओरियो कुकीज बीचबाट अलग गरिन्छ, यसमा रहेको क्रिम कुकीको एउटा भागमा मात्र टाँसिन्छ। बजारमा पाइने अन्य क्रिम बिस्कुट जस्तो फुट्दैन।

एमआईटीका इन्जिनियरहरूले यसबारे अनुसन्धान गर्न रिओलोजी परीक्षण गरेका थिए। यस परीक्षणमा तरल पदार्थको प्रवाह अध्ययन गरिन्छ।

यसका लागि अन्वेषकहरूले थ्रीडी प्रिन्ट गर्न मिल्ने ओरियोमिटर बनाए। जसले ओरियो बनाउने प्रक्रियाले यसको क्रिमलाई अरुभन्दा फरक राखिएको देखाएको छ।

बेकिंग प्रक्रियामा पहिलो आधार राखिएको हुन्छ। त्यसमा क्रिम लगाइन्छ। त्यसलाई केहि समयको लागि त्यसै छोडिन्छ। त्यसपछि त्यसको दोस्रो भाग त्यो भाग माथि राखिन्छ। यस कारण, क्रिम कुकीहरूको एक छेउमा टाँसिरहन्छ र फुट्दैन वा टुक्रिँदैन।

(अनुवादित)

comments powered by Disqus