बिहीबार भारतीय शेयर बजार नयाँ उचाइमा

May 23, 2024 05:56 PM Merolagani



बिहीबार भारतीय शेयर बजार नयाँ उचाइमा पुगेकाे छ । आजको सुरुवाती काराेबार सुस्त रहे पनि कारोबार सत्रबाबीच भारतकाे शेयर बजारमा भारी उछाल देखिएको थियो । बिहीबार सेन्सेक्स १,१९६.९८ अंकले बढेर ७५,४१८.०४ विन्दुमा बन्द भयो। 

अर्कोतर्फ, बिहीबार निफ्टी ३५४.६६ अंकले वृद्धि हुँदा २२,९६७.६५ विन्दुमा पुगेकाे छ । यसरी, सेन्सेक्स र निफ्टी हालसम्मकै उच्च विन्दुमा पुगेका हुन्।  आज सेन्सेक्स ७५,४९९.९१ को अल टाइम हाइमा र निफ्टी पनि पहिलो पटक २२,९९३.६० विन्दुमा पुग्याे ।

बिहीबारकाे कारोबार सत्रमा एनएसई निफ्टीले आफ्नो नयाँ अल टाइम हाइमा पुग्यो र पहिलो पटक २२,९०० को स्तर पार गर्यो। अर्कोतर्फ, सेन्सेक्सले पनि वृद्धि भएर एकपटक फेरि ७५,००० काे स्तर पार गरेको हाे । बिहीबारको काराेबार सत्र पछि, दुबै बेन्चमार्क सूचक सेन्सेक्स र निफ्टी १.५० प्रतिशत भन्दा बढिले बढाेत्तरी भएर बन्द भयो।

बैंकिङ शेयर बलियो

भारतीय शेयर बजारमा बिहीबार निजी बैंकको शेयरमा वृद्धि देखिएको छ । बिहीबार निफ्टी प्राइभेट बैंक इन्डेक्स ४७३.८० अंक वा २ प्रतिशतले बढेर २४,२०३.९५ विन्दुमा पुगेको छ। साेही समयमा, निफ्टी बैंक सूचक ९८६.६५ अंकले बढेर ४८,७६८.६० बिन्दुमा बन्द भयो। 

आरबीआईले भारत सरकारलाई बम्पर लाभांश दिने निर्णयको प्रभाव भारतकाे शेयर बजारमा देखिएको हाे । बुधवार जारी गरिएको फेड मिनेट्सले मुद्रास्फीतिमा कुनै प्रगति नभएकोमा फेड अधिकारीहरूको चिन्तालाई लगानीकर्ताहरूले बेवास्ता गरेका छन् । तर सरकारका लागि भारतकाे केन्द्रीय बैंकद्वारा घाेषित २.१ लाख कराेड भारतीय रूपैयाँकाे बम्पर लाभांशमा ध्यान दिँदै लगानीकर्ताहरूले खुशी मनाउँदै लगानी बढाएका हुन्  । जसकारण सेन्सेक्स र निफ्टीमा पनि भारी वृद्धि देखिएकाे हाे।

एजेन्सीकाे सहयाेगमा ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।