यदि तपाईंलाई बाटो देखाउने व्यक्तिले नै तपाईंलाई 'गलत बाटो' देखाउँछ भने के हुन्छ ? यस्ताे घटना गुगल म्याप्समा धेरै पटक भएको छ। भारतकाे केरलाबाट गुगल म्याप्ससँग सम्बन्धित यस्ताे घटना घटेकाे हाे।
खासगरी, एक पर्यटकहरूको समूहले गुगल म्याप्स मार्फत आफ्नो बाटो खोजिरहेको थियो । तर नक्सा हेर्दाहेर्दै अचानक यो समूह समस्यामा पर्यो। हैदरावादबाट आएका यी पर्यटकहरू गुगल म्यापकै कारण दक्षिण केरलाको कुरुपन्तारा नदीमा खसेका थिए । प्रहरीले मे २५ अथवा शनिबार सो जानकारी दिएको थियाे।

कसरी खोलामा खस्यो गाडी ?
यो घटना गत शुक्रबार रातिको हो । त्यस रात, एक महिला सहित चार जनाको समूह एक कारमा अलाप्पुझा तर्फ गइरहेको थियो। यस क्षेत्रमा भारी वर्षा भएकाले उनीहरु आवतजावत गर्ने बाटो पानी नै पानीले भरिएको थियो । यद्धपी पर्यटकहरूलाई त्यस क्षेत्रको बारेमा धेरै थाहा थिएन ।
त्यसैले, उनीहरुले गुगल म्याप्सकाे भर परिरहेका थिए । उनीहरू गुगलले नै देखाएको बाटो पछ्याइरहेका थिए ।
गुगलकै नक्सा पछ्याइरहेकाे समयमा नै उनको कार नदीमा खस्याे । कारमा सवार चार जनाको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । कार पानीमा डुबेका कारण कार बाहिर निकाल्ने पनि प्रयास गरिएकाे थियाे ।
के यसअघि पनि यस्तो दुर्घटना भएको थियो ?
केरलामा भएकाे यो दुर्घटना यस प्रकारको पहिलो घटना होइन। यसअघि पनि गुगल म्यापका कारण धेरै मानिस दुर्घटनाको सिकार भएका छन् । गत वर्षको अक्टोबरमा पनि भारतमा कार दुर्घटनामा दुई डाक्टरको मृत्यु भएको थियो । गुगल म्यापले देखाएको बाटोमा हिड्दै गर्दा उनीहरुको कार नदीमा खसेको थियो।
एजेन्सीकाे सहयाेगमा ।