Sat, Sep 19, 2026
हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह पदमुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी शाहलाई पदमुक्त गरेको हाे ।
सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । शाह कम्पनीमा २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्त भएका थिए । शाह हाल अमेरिका भ्रमणमा रहेका छन् ।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।