Wed, Sep 17, 2025
हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह पदमुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी शाहलाई पदमुक्त गरेको हाे ।
सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । शाह कम्पनीमा २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्त भएका थिए । शाह हाल अमेरिका भ्रमणमा रहेका छन् ।
जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।