टेवा क्षेत्र नजिक एशियन हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण

Jun 29, 2024 06:14 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ। गत साता २५७६.७४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ६.५७ अंक बढेर २५८३.३१ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो एशियन हाइड्रोपावर लिमिटेड (AHL)।

यस साता सो कम्पनीको शेयरमूल्य १४ रुपैयाँ बढेको छ। गत साता ५०० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ५१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

टेवा क्षेत्र नजिक

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य टेवा क्षेत्र नजिक झरेको छ। हाल कम्पनीको टेवा क्षेत्र ४८० देखि ५०० सम्म रहेको छ। गत बिहीबारको कारोबार अवधिमा कम्पनीको शेयरमूल्य सो क्षेत्रमा झरेको थियो। यद्यपि, अन्तिम समयमा कम्पनीको शेयर ५१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। आगामी दिनका लागि कम्पनीको प्रतिरोध क्षेत्र ५५० देखि ५७० सम्म रहेको छ।

मूल्य बढ्ने संकेत

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्न सक्ने संकेत गर्दछ। साप्ताहिक रुपमा भने कम्पनीको शेयरमूल्यले डोजी जस्तो मैनबत्ती बनाएको छ। यसले यस साता कम्पनीको शेयरमा लगानीकर्ताहरु अन्योलमा रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा गत जेठ २८ गते बाइ सिग्नल दिएको थियो। जुन हालसम्म कायम छ। एआईले सो दिन ५०० रुपैयाँमा कम्पनीको शेयर खरिद गर्ने सिग्नल दिएको थियो। हालसम्म होल्ड गरिराखेका लगानीकर्ताहरुले सो सिग्नलबाट २.८ प्रतिशत नाफा कमाइसकेका छन्। यस अघि एआईले कम्पनीको शेयरमा ८ सिग्नल दिइसकेको छ जसमध्ये ६ सिग्नलमार्फत लगानीकर्ताले नाफा कमाएका थिए भने दुई सिग्नलमा स्टप लस गर्नु परेको थियो।

कमजोर भोल्यूम

यस साता कम्पनीको भोल्यूम भने कमजोर रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको १९ हजार ६६७ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम २१ हजार २१२ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम ७.२८ प्रतिशत कम हो।

बुलिश प्रवृत्ति

यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी निकै साँघुरिएको छ। आगामी दिनमा एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर तल लागेमा बियरिश क्रशओभर बन्नेछ। जसले कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा

साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड ४३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नोक्सानी बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ५० लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ८८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ६८ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९९ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ५.२५ गुणा रहेको छ।

आधारभूत विश्लेषण

हाल नेप्सेमा कम्पनीको ३४ लाख कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण १ अर्ब ७४ करोड ७६ लाख रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ४४७ रुपैयाँ ४५ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ५४७ रुपैयाँ रहेको छ भने न्यून मूल्य २७३ रुपैयाँ १० पैसा रहेको छ।

ब्रोकर ४ बाट सर्वाधिक खरिद

यस साता ब्रोकर नम्बर ४ ले कम्पनीको सबैभन्दा शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको १४ हजार ४८५ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, यस साता ब्रोकर नम्बर ९४ ले कम्पनीको ६ हजार ४९१ कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर १८ ले कम्पनीको १५ हजार ४७६ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य बढ्ने अपेक्षा

यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयर ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।