हुन्डाईको कोना अब शून्य प्रतिशत ब्याजदरमा किन्न पाइने

Jul 04, 2024 01:30 PM Merolagani



नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले काेनामा “Zero Emission, Zero Interest” योजना ग्राहक माझ सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले ०% ब्याजदरमा पाँच बर्षको लागि ५०% डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।

हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई काेना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएलको मूल्य ५९ लाख ९६ हजार रूपैयाँ र जिएलएस भेरियन्टको मूल्य ६४ लाख ९६ हजार रूपैयाँ रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्ज समेत बढ्नेछ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको भाेल्टेज ब्याट्रि चेक अप क्याम्पमा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार ५ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (SOC) ९८ प्रतिशत भन्दा बढी पाइएको थियो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । यसका साथै ईभी चार्जिङ गर्नका लागि ४४+ भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।