अहिलेसम्म देशभरमा बाढीपहिरोले लियाे ८३ जनाको ज्यान, १० करोड ७० लाखकाे क्षति

Jul 10, 2024 02:09 PM Merolagani



देशभरमा अहिलेसम्म बाढीपहिरोका कारणले ८३ जनाको मृत्यु भएको छ । अविरल वर्षा हुँदा गत जेठ २८ गतेदेखि आज बिहानसम्म विपद्का घटनामा परेर ३३ जना पुरुष, २५ जना महिला र २५ जना बालबालिकाले ज्यान गुमाएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएका छन्।

यसैगरी, बाढीपहिरामा परेर बुधबारसम्ममा १०६ जना घाइते भएका छन् । घाइते हुनेमा ५१ जना पुरुष, ३६ जना महिला र १९ जना बालबालिका रहेका छन् । भारी वर्षा भएर पहिरो गएकै कारण ८५८ परिवार विस्थापित भएका छन् । त्यस्तै, देशभर कुल दुई हजार ९५४ परिवार विस्थापित भएका छन् भने कुल १० करोड ७० लाख ४० हजार रूपैयाँ बराबरको क्षति पुगेको छ ।

यस्तै, विपदले ३८४ पशु चौपायाकाे, १३९ घर र ५४ गोठमा क्षति पुगेको छ । नेपालभरमा अविरल वर्षा हुँदा एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाइसकेको छ । त्यसैगरी, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेकाको उद्धार गर्न अहिलेसम्म पाँच हजार ४२८ प्रहरी परिचालन गरिएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।