वैदेशिक मुद्रा सञ्चिति आगामी वर्षको बजेटभन्दा बढी

Jul 10, 2024 05:37 PM Merolagani



पछिल्लो समय नेपालको बाह्य स्थिति मजबुत बन्दै गएको छ । मासिक १ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिनु, आयात घट्दा विदेश जाने रकम समेत घट्दै जाँदा देशको शोधनान्तर स्थिति हरेक महिना सकारात्मक बन्दै गएको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक अनुसार नेपालको शोधनान्तर अवस्था ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा देखिएको हो । नयाँ आर्थिक वर्ष शुरु भएसँगै नेपालको शोधनान्तर अवस्था लगातार बचतमा नै छ ।

बढ्दो रेमिट्यान्स र घट्दो वैदेशिक व्यापार घाटाका बीच नेपालसँग ११ महिनामा १४ अर्ब ७२ करोड अमेरिकी डलर वैदेशिक मुद्रा सञ्चिति रहेको छ । नेपाली रुपैयाँमा यो सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो भनेको वर्तमान अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा प्रस्तुत गरेको बजेट भन्दा बढी हो । अर्थमन्त्री पुनले आव २०८१।८१ को लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । राष्ट्र बैंकको अहिलेको सञ्चितिले १२ दशमलब ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिएको छ । राष्ट्र बैंकले ६ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने गरी वैदेशिक मुद्रा सञ्चिति राख्ने लक्ष्य राखे पनि अहिलेको सञ्चिति आवश्यकताभन्दा दोब्बर छ ।
११ महिनामा १.८ प्रतिशतले आयातमा कमी आई १४ खर्ब ५३ करोड ७० करोड रुपैयाँ पुगेको छ भने ३ प्रतिशतले निर्यात व्यापारमा कमी आई १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ पुग्दा व्यापार घाटा समेत १ दशमलब ७ प्रतिशतले कमी आएको छ । ११ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

पर्यटक संख्या निरन्तर वृद्धि हुँदै गए पनि नेपालीहरुको विदेश भ्रमण एवम् विदेशमा पढन जानेको संख्या समेत निरन्तर बढ्दै जाँदा सेवा क्षेत्र भने ११ महिनामा ५८ अर्ब ६ करोडले घाटामा छ । नेपालले ११ महिनामा ७६ अर्ब ५५ करोड रुपैयाँ पर्यटकबाट आम्दानी गरेको भए पनि शिक्षातर्फ १ खर्ब १७ अर्ब १ करोड र विदेश भ्रमण खर्च ५८ अर्ब १५ करोड गरेर कुल सेवा खाता अन्तर्गतको खर्च १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

चालु आवमा चालु खाता समेत बचतमा नै रहेको छ । जेठसम्म पुग्दा चालु खाता १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँले बचतमा देखिएको छ । अघिल्लो वर्ष एघार महिनासम्ममा ७९ अर्ब ५३ करोड घाटामा रहेको थियो ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।