सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवादमा उद्योगमा लाइन काटेको विरोधमा बिहीबार उनीसहित भैरहवाका उद्योगीहरुले प्राधिकरणविरुद्ध धर्ना कार्यक्रममा भाषण गरिरहेका थिए । त्यहाँ उनी भाषण गर्दै गर्दा अचानक ढल्न पुगे ।
६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।
उनी बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र श्रीमती रहेका छन्।
