भाषण गर्दा गर्दै ढलेका गौतमको निधन

Oct 30, 2025 02:23 PM merolagani



भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा धर्ना कार्यक्रममा भाषण गर्दै गर्दा अचानक ढलेका राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । 

सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवादमा उद्योगमा लाइन काटेको विरोधमा बिहीबार उनीसहित भैरहवाका उद्योगीहरुले प्राधिकरणविरुद्ध धर्ना कार्यक्रममा भाषण गरिरहेका थिए । त्यहाँ उनी भाषण गर्दै गर्दा अचानक ढल्न पुगे ।

६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।

उनी बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र श्रीमती रहेका छन्।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।