गत साता १० प्रतिशत बढेको नेप्से, यस साता के होला?

Jul 21, 2024 05:59 AM Merolagani



गत साता नेप्से परिसूचक १० प्रतिशत बढेको थियो। अघिल्लो साता २२०४.६१ विन्दुमा बन्द भएको नेप्से, गत साता ९.९७ प्रतिशत अर्थात २१९७१ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको थियो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन सामान्य करेक्सन भएको थियो। गत साताको सोमबार बजारमा करेक्सन देखिएको थियो।

देशको राजनीतिक घटनाक्रम र पूँजीबजार मैत्री मौद्रिक नीतिको अपेक्षामा गत साताको बजार प्रभावित भएको थियो।

 

टेवा क्षेत्रभन्दा माथि

साताको अन्तिम कारोबार दिन नेप्सेले २३५० देखि २३९० को प्रतिरोध क्षेत्रलाई तोडेर माथि बन्द भएको छ। यससँगै सो क्षेत्र आगामी दिनका लागि टेवा क्षेत्र बनेको छ। आगामी दिनमा पनि नेप्से उकालो लागेमा २४८० देखि २५२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, सो प्रतिरोध क्षेत्र पनि तोडेर उकालो लागेमा २६६० देखि २७२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

खरिदकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मारुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साताका अन्तिम तीन कारोबार दिन पनि नेप्सेले बुलिश मैनबत्ती नै बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। गत साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ६८.३० प्रतिशत बढी हो।

बुलिश प्रवृत्तिमा

प्राविधिक विश्लेषणको उपकरण एमएसिडीमा नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाका साथै शून्य रेखाभन्दा माथि रहेको छ। त्यस्तै, नेप्सेको हिस्टोग्राम पनि गत साता सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले बजारमा कम्पनीको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदचाप बढी

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले गत साता बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।