गत साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से नकारात्मक रहेको थियो भने एक कारोबार दिन सकारात्मक भएर बन्द भएको थियो।
प्यानिक सेलिङ्ग नभएको
गत साताका चार कारोबार दिन नेप्सेले सानो शरीर भएको रातो मैनबत्ती बनाएको थियो। यसले ती दिनहरुमा बजारमा बिक्रीकर्ताको दबाब कायमै रहेपनि अत्तालिएर शेयर बिक्री गर्ने (प्यानिक सेलिङ्ग) अवस्था नरहेको संकेत गर्दछ।
बियरिश अलाइन्मेन्ट
गत साता नेप्से परिसूचक १० दिने, २५ दिने, ५० दिने र १०० दिने मुभिङ्ग एभरेजहरुभन्दा तल रहेको छ। यसले अल्पकालीन रुपमा बजारमा बियरिश दबाब (बियरिश अलाइन्टमेन्ट) रहेको संकेत गर्दछ।

कम सप्लाई
गत साताको तीन कारोबार दिन नेप्सेको दैनिक भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। बजार घट्दा कारोबार रकम पनि घट्नुलाई प्राविधिक रुपमा सकारात्मक मानिन्छ, जसले तल्लो विन्दुमा आपूर्ति (सप्लाई) कम हुँदै गएको संकेत गर्दछ।

बियरिश प्रवृत्ति
गत साता एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै नकारात्मक क्षेत्रमा रहेको छ। नेप्सेको एमएसिडी रेखा सिग्नल रेखाभन्दा पनि तल रहेको छ। यसले बजार अहिले बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

टेक्निकल बाउन्सको सम्भावना
गत साता नेप्सेका स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेपनि यो ओभरसोल्ड जोनतर्फ झरिरहेको छ। यसले बजारमा छिट्टै प्राविधिक सुधार (टेक्निकल बाउन्स) आउन सक्ने सम्भावना रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)