एनआईसी एशिया बैंकको नाफा घट्यो

Aug 05, 2024 03:59 AM Merolagani



एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत बढेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ भने कर्जा ३.९५ प्रतिशत बढेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।