इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि गणपति लघुवित्तको नाफा धनात्मक, ईपीएस कति?

Aug 12, 2024 05:29 AM Merolagani



गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड (GMFBS) ले गत आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको लघुवित्तको खुद नाफा, गत आर्थिक वर्ष धनात्मक भएको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको खुद नाफा, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९९ लाख रुपैयाँ धनात्मक भएको छ।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.६७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत घटेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ५२ लाख रुपैयाँ रिभर्स भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै धनात्मक हुन पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १११.५९ गुणा रहेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।