सर्वोत्तम सिमेन्टको आम्दानी बढ्यो, नाफा भने घट्यो

Aug 15, 2024 04:43 AM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ भने खुद नाफा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो।

आम्दानी बढेपनि बिक्री लागत बढेपछि कम्पनीको खुद नाफा घटेको छ। अघिल्लो आर्थिक वर्ष २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष १७ करोड ४२ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १८.५१ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १८.०५ प्रतिशत घटेका छ भने अन्य आम्दानी २९८.९७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ।

४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।