सबै उपसमूहको परिसूचक घटेपछि नेप्से पनि घट्यो

Sep 10, 2024 03:11 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ। यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशत घटेको छ। बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

यस दिन नेप्से परिसूचक १३.०९ अंक घटेर २६३२.९४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ९३ हजार ४५९ पटकको कारोबारमा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एचआईडिसिएलको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।