सबै उपसमूहको परिसूचक घटेपछि नेप्से पनि घट्यो

Sep 10, 2024 03:11 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेसँगै नेप्से परिसूचक पनि घटेको छ। यस दिन वित्त र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.०४ प्रतिशत घटेको छ। बाँकी उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।

यस दिन नेप्से परिसूचक १३.०९ अंक घटेर २६३२.९४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.८० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ९३ हजार ४५९ पटकको कारोबारमा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य ९.९० प्रतिशत बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाईमूल्य सर्वाधिक ८.८२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एचआईडिसिएलको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ८१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने सिईडिबी हाइड्रोपावरको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।