नेप्से पुगेर अर्थमन्त्री पौडेलले भने "३००० पुगेको सूचक किन फेरि २५०० मा आयो जवाफ चाहान्छु"

Sep 18, 2024 04:34 PM Merolagani



अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।

नयाँ सरकार बनेपछि शेयर बजार उच्च अंकले बढेको भएपनि अहिले बजार निरन्तर घट्दा अर्थमन्त्री पौडेलले चासो व्यक्त गरेका छन्। "३००० विन्दुमा पुगेको नेप्से अहिले फेरि किन घटेर २५०० मा झर्यो। म जवाफ खोज्न आएको हुँ," नेप्से पुगेर पौडेलले भने।

पौडेलले ३० अर्बसम्म पुगेको कारोबार रकम समेत घटेर ५ अर्बमा झरेकोमा समेत चिन्ता व्यक्त गरेका छन्।

सरकार पूँजी बजारको दिगो विकासको पक्षमा रहेको भन्दै अब आवश्यक कदम चाल्न ढिला गर्न नहुने समेत उनले बताए। पौडेलले बजारमा हुने इन्साइर ट्रेडिङ, कर्नरिङ लगायतका गलत क्रियाकलापलाई समेत नेप्सेले निगरानी गर्नुपर्ने बताएका छन्।

 

 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।