आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM merolagani



शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।

यस अघि सेक्यूर्ड सेक्युरिटीले दिँदै आएको नेप्से टिएमएस सुबिधा आइतबारदेखि बन्द हुने जनाएको छ। सेक्यूर्ड सेक्युरिटिजबाट कारोबार गर्दै आएका लगानीकर्तालाई नयाँ टिएमसको लगइन गर्न एक सूचना जारी गरेको छ। यसैगरी नयाँ टिएमएस कसरी चलाउन सकिन्छ भन्ने तालिम लिन  चाहनेले लगानीकर्तालाई कार्यालयमा सम्पर्क गर्न सूचनामा भनिएको छ।

कम्पनीले ल्याएको उक्त नयाँ टिएमएस सुबिधा डेस्कटप र मोबाइल दुवै भर्सनमा उपलब्ध गराइएको छ। यस अघि नेप्सेले उपलब्ध गराएको टिएमएसमा भन्दा बढी केही नयाँ फिचरहरू नयाँ टिएमएसमा उपलब्ध हुने बताइएको छ।

अहिले एक मात्रै कम्पनीले उक्त सुबिधा दिएको भएपनि अरू ब्रोकर कम्पनीले उक्त सुबिधा दिने छन !




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।