एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा उल्लेख्य बढ्यो

Nov 14, 2024 06:56 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८७.८३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३३७.८६ प्रतिशत बढेर ६ करोड २१ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १०३.११ प्रतिशत बढेर ४७ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ २७ पैसा बढेर १४ रुपैयाँ १७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ४९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६५.७१ गुणा रहेको छ।

१ अर्ब २२ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ९५ लाख रुपैयाँ सञ्चित छ।