एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति हुने संसारकै पहिलो अर्बपति

Dec 12, 2024 06:29 PM Merolagani



एलन मस्कको कुल सम्पत्ति ४०० अर्ब डलर नाघेको छ । योसँगै मस्क ४०० अर्ब डलरको कुल सम्पत्ति हुने विश्वकै पहिलो अर्बपति बनेका छन्। अमेरिकी राष्ट्रपतिकाे निर्वाचनमा डोनाल्ड ट्रम्पको जितपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हाे ।

मस्कको निजी स्वामित्वको कम्पनी स्पेसएक्सको शेयरको आन्तरिक बिक्रीका कारण मस्कको सम्पत्ति बढेको हाे । यसरी, मस्कको सम्पत्ति ५० अर्ब डलरले बढेर ४०० अर्ब डलर नाघेको छ ।

एकै दिनमा ६२ अर्ब डलरले सम्पत्ति बढ्यो

मस्कको कम्पनी टेस्ला इंकको शेयर पनि बुधबार सर्वकालीन उच्च स्तरमा पुग्यो । यसका साथै, मस्कको कुल सम्पत्ति ४४७ अर्ब डलर पुगेको हो ।

यसैगरी, मस्कको सम्पत्ति एकै दिनमा ६२.८ बिलियन डलरले बढेको छ । त्यसपछि, विश्वका ५०० धनी व्यक्तिहरूको संयुक्त सम्पत्ति १० खर्ब डलर पुगेको छ । यस्ताे, विश्वको इतिहासमा नै पहिलो पटक भएको हाे । विश्व बैंकको तथ्यांक अनुसार विश्वका धनी ५०० व्यक्तिहरूको संयुक्त सम्पत्ति गत वर्ष जर्मनी, जापान र अष्ट्रेलियाको संयुक्त कुल गार्हस्थ उत्पादनको आकार बराबरमा पुगेको छ ।

यस वर्ष मस्ककाे सम्पत्ति कैयाैं गुणाले वृद्धि

सन् २०२४ मा एलन मस्कको कुल सम्पत्ति करिब २१८ अर्ब डलरले बढेको छ । जुन विश्वका बाँकी धनी व्यक्तिहरूको तुलनामा सबैभन्दा बढी हो।

टेस्लाको शेयरले मस्कको सम्पत्तिको ठूलो हिस्सा ओगट्छ। यो वर्ष टेस्लाकाे शेयर ७१ प्रतिशतले बढेको छ । बुधबार याे शेयर २०२१ यताकै उच्चस्तरमा पुगेर ४२४.७७ डलरमा बन्द भएको छ।

ट्रम्पको आगमनसँगै, अब मस्कले इलेक्ट्रिक गाडीहरूका लागि कर क्रेडिट हटाउने आशा गरिएको छ  । यसबाट टेस्लाको शेयरमा थप वृद्धि हुन सक्ने अनुमान गरिएकाे छ। मस्कले ट्रम्प सरकारमा दक्षता विभागको पनि जिम्मेवारी सम्हाल्नेछन्। यद्यपि, यो सरकारी पद नहुने भएतापनि यसले मस्कलाई ओभल अफिसमा सिधै पहुँच दिनेछ।

एजेन्सी ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।