आईएमई लाईफ इन्स्योरेन्सकाे लाभांश घोषणा

Feb 12, 2025 10:16 AM Merolagani



आईएमई लाईफ इन्स्योरेन्स लिमिटेड (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते साँझ बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत अर्थात एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।




आइतबार १९.२७ अंकले बढेकाे नेप्सेले किन देखायाे ८८५.३२ अंकले घटेकाे, कारण यस्ताे ?

Mar 01, 2026 04:06 PM

नेप्सेले आईतबारको शेयर बजार ८८५.३२ अंकले घटेर १७६९.६० विन्दुमा झरेको देखाएकाे छ । नियमित कारोबार समयमा १९ अंकले बढेर बन्द भएको बजार एकैदिन ठूलो अंकको गिरावट भएको देखाएकाे हाे ।