सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Mar 03, 2026 10:59 AM Merolagani



फागुन १९ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन, मंगलबार २ हजार ५०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी २०५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।