गत साता सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Mar 09, 2025 06:36 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो साता २८१५.०४ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.१२ प्रतिशत अर्थात ३.३९ अंक बढेर २८१८.४३ विन्दुमा पुगेको छ।

गत साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से उच्च अंक बढेको थियो भने ४ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। सो साताको पहिलो कारोबार दिन नेप्से उच्च अंक बढेर बन्द भएको थियो।

 

टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक टेवा क्षेत्र नजिक झरेको छ। हाल नेप्सेको टेवा क्षेत्र २७५० देखि २८०० सम्म रहेको छ। आगामी दिनमा नेप्से उकालो लागेमा ३००० देखि ३०५० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले सुटिङ्ग स्टार मैनबत्ती बनाएको छ। यसले गत साताको सुरुवातमा खरिदकर्ता बलियो देखिएपनि अन्त्यतिर भने बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तै, साताको पहिलो कारोबार दिनबाहेक बाँकी ४ कारोबार दिनमा नेप्सेले रातो मैनबत्ती बनाएको थियो। जसले ती दिनहरुमा बजारमा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।

बलियो भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि बलियो रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १२ अर्ब ५१ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम १० अर्ब १२ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २३.६१ प्रतिशत बढी हो।

बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। तर साताको अन्तिम कारोबार दिन भने यी दुई बीचको दूरी साँघुरिएको छ। त्यस्तै, हिस्टोग्रामको उचाई पनि सकारात्मक क्षेत्रमा घट्दो क्रममा रहेको छ। यसले गत साता बजार बुलिश प्रवृत्तिमा रहेपनि आगामी दिनमा बियरिश प्रवृत्तिमा पुग्न लागेको संकेत गर्दछ।

खरिदचाप घट्दै

गत साता नेप्सेको स्टकास्टिक आरएसआई ओभरबट जोनबाट न्यूट्रल जोनतर्फ झरिरहेको छ। यसले बजारमा खरिदचाप घट्न थालेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।