बिहीबारबाट अन्तिम कारोबार मूल्य कायम हुने, १५ मिनेटको औसत कारोबार मूल्य नै अन्तिम कायम हुने

Mar 19, 2025 05:36 PM merolagani



नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बिहीबारदेखि अन्तिम कारोबार मूल्य परिवर्तन गर्ने भएको छ। बुधवार एक सूचना जारी गर्दै नेप्सेले सो जानकारी गराएको छ।

सूचना अनुसार दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। यदि अन्तिम १५ मिनेटमा कुनै पनि कारोबार नभएमा त्यस अघि भएको अन्तिम कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य हुने छ। बिहीबार देखि उक्त व्यवस्था कार्यान्वयनमा आउने छ।