हाइ क्याप कम्पनीको उच्च कारोबारले के संकेत गर्छ ?

Apr 20, 2025 06:13 PM MeroLagani



गत बिहीबार १० अर्ब भन्दा बढी कारोबार रकम सहित २६ अंकले बढेको बजार आइतबार टिक्न सकेन । गभर्नरमा सुनिश्चित भनिएका गुणाकर भट्ट विरुद्ध पनि मुद्दा पर्नु र त्यो मुद्दाको सुनुवाईमा ढिलाई हुनुले बजार घटेको जानकारहरु बताउँछन् ।

आइतबारको बजार घटे पनि बिहीबारको बजारमा ट्रेन्डिङमा परेका एचआइडीसीएल र निफ्रा जस्ता कम्पनीको शेयर मूल्य टिकिरहनुले बजार धेरै घट्दैन भन्नेमा लगानीकर्ता विश्वस्त छन् । हाइ क्यापको उच्च भोल्युमको सहितको कारोबारले नेप्सेलाई माथि तिरै लैजाने प्रयास गरेको लगानीकर्ता बताउँछन् ।

पछिल्लो समय नेप्सेमा लो सप्लाई भएका कम्पनीहरु उच्च मूल्यमा कारोबार हुन थालेको छ । ‘लो क्याप’ कम्पनीको लो सप्लाई हुने हुँदा बजार अपरेटरहरुले यस्ता कम्पनीलाई उच्च विन्दुमा पुर्याउने गरेका छन् । बजारमा यथेष्ट तरलता रहँदासम्म लो क्याप कम्पनी उच्च विन्दुमै रहने ती लगानीकर्ताले बताए तर यस्ता उच्च विन्दुमा पुगेको स्टक किन्नु अगाडि एक्युमुलेसन हो वा डिस्ट्रिब्युसन हो बुझेर मात्रै इन्ट्री गर्नुपर्ने बताउँदै ती लगानीकर्ताले इन्भेष्टिङ उद्देश्यको लागि यस्ता उच्च मूल्यमा शेयरबाट परै रहनुपर्ने उनले सुझाव दिए ।