विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित, समितिकाे आजै बस्ने बैंठकले तीन जनाको नाम सिफारिस गर्ने

May 20, 2025 02:01 PM Merolagani



डा. विश्व पौडेल गभर्नर बन्ने लगभग निश्चित भएकाे छ । राष्ट्र बैंकको रिक्त गभर्नरमा आज साँझको मन्त्रिपरिषदकाे बैठकले उनलाई नियुक्त गर्ने सम्भावना रहेकाेछ ।

 

त्यसअघि गभर्नरको उम्मेदवार सिफारिस समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषदकाे बैठक समक्ष पठाउँदै छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक, पूर्व गभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य रहेको समितिले आजै तीन जनाको नाम सिफारिस गर्न लागेको स्राेतकाे दावी छ ।

समितिले विश्व पौडेलसहित डेपुटी निलम ढुंगाना तिम्सिना र अर्का डेपुटी बमबहादुर मिश्रको नाम सिफारिस गर्दैछ । पहिलो नम्बरमा पौडेलको नाम राखिने बुझिएकाे छ  ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।