टेवा क्षेत्रमा दोर्दी खोला जलविद्युत कम्पनी, हेरौँ कम्पनी विश्लेषण

Jun 28, 2025 06:20 PM Merolagani



यस साता जलविद्युत उपसमूहको परिसूचक २.०५ प्रतिशत घटेको छ। गत साता ३६२६.४७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७४.२५ अंक घटेर ३५५२.२२ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI)।

यस साता सो कम्पनीको शेयरमूल्य ५८ रुपैयाँ ३ पैसा घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३७४ रुपैयाँ २५ पैसा रहेको यस कम्पनीको अन्तिम शेयरमूल्य, यस साता घटेर ३१६ रुपैयाँ २२ पैसा रहेको छ।

 

टेवा क्षेत्रमा

यस साता कम्पनीको शेयरमूल्य घटेर टेवा क्षेत्रमा झरेको छ। हाल कम्पनीको टेवा क्षेत्र ३०० देखि ३२० सम्म रहेको छ। आगामी कारोबार दिन कम्पनीको शेयरमूल्य बढेपनि ४०५ देखि ४२५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

रिभर्सलको संकेत

साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले इन्भर्टेड ह्यामर मैनबत्ती बनाएको छ। यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य रिभर्स हुने संकेत गर्दछ। साप्ताहिक रुपमा भने कम्पनीको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले सो साता कम्पनीको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

एआई सिग्नल

मेरोलगानी एआईले हालसम्म कम्पनीमा ७ सिग्नल दिइसकेको छ। जसमध्ये ५ सिग्नल सफल भएको थियो भने २ सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

बलियो भोल्यूम

यस साता कम्पनीको शेयरमूल्य घटेपनि भोल्यूम भने बलियो रहेको छ। यस साता कम्पनीको दैनिक औषतमा ५ लाख ८४ हजार २६५ कित्ता शेयर कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम १ लाख ७५ हजार ६०८ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा २३२.७० प्रतिशत बढी हो।

बियरिश प्रवृत्ति

यस साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यसका साथै यी दुबै रेखाहरु नकारात्मक क्षेत्रमा रहेका छन्। त्यसैगरी, कम्पनीको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढी

साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयर ओभरसोल्ड जोनमा रहेको छ। यसले सो साता कम्पनीको शेयरमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनी ३ करोड ८९ लाख १३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ५ करोड ८२ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २५ करोड ३३ लाख ३९ हजार रुपैयाँबाट घटेर २३ करोड ४४ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा २२ करोड ९७ लाख रुपैयाँबाट घटेर २१ करोड १३ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको वित्तीय खर्च पनि १८ करोड ८२ लाख ८७ हजार रुपैयाँबाट घटेर १४ करोड ६१ लाख १ हजार रुपैयाँमा सीमित भएको छ।

हकप्रद जारी गरी चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुर्याएको यस कम्पनीको जगेडा कोष १८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

हकप्रद समायोजनपश्चात कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ भने बुकभ्यालु ९१ रुपैयाँ ३० पैसा रहेको छ। यस साताको अन्तिम मूल्य अनुसार कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ३.४६ गुणा रहेको छ।

आधारभुत अवस्था

हाल नेप्सेमा कम्पनीको २ करोड १० लाख ८५ हजार २०८ कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ४५६ रुपैयाँ ६० पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ६९६ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३०७ रुपैयाँ ८० पैसा रहेको छ। साताको अन्तिम मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण ६ अर्ब ६६ करोड ७५ लाख ६४ हजार ४७३ रुपैयाँ ७६ पैसा रहेको छ।

कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७९ असोज १७ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गर्दै आइरहेको छ।

ब्रोकर ३९ बाट सर्वाधिक खरिदबिक्री

यस साता ब्रोकर नम्बर ३९ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ५ लाख ९७ हजार ७५६ कित्ता शेयर खरिद गरेको छ। तर, सो ब्रोकरले यस साता त्योभन्दा बढी शेयर बिक्री गरेको छ। यस साता ३९ ले कम्पनीको १६ लाख ५८ हजार ५५६ कित्ता शेयर बिक्री गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ५८ ले कम्पनीको १ लाख ९३ हजार ८०९ कित्ता शेयर खरिद गरेको छ भने ब्रोकर ४४ ले ८९ हजार १२८ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर

फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य घट्छ भन्ने डरमा रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।