बजार बढ्ने आधार कस्तो बन्दैछ ?

Jun 30, 2025 05:57 PM Merolagani



नेप्से सूचक सन्तुलित हुँदैछ । निरन्तर रुपमा घटेको बजार पछिल्ला दुई कारोबार दिन सकारात्मक रहेर सन्तुलनमा रहन खोजेको देखिन्छ ।

सोमबारको बजार ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा पुगेको छ भने ६ अर्ब ३८ कारोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । कारोबार रकमको आधारमा हेर्दा बजारमा उत्साह देखिँदैन ।

अहिले असार मसान्तको प्रभाव कायमै रहेको हो । यो अवधिमा बैंकको ब्याज तिर्न,राजश्व तिर्न, सूचीकृत कम्पनीले वित्तीय विवरणमा नाफा देखाउनु पर्ने भएकाले असारको दवावबाट मुक्त नहुने लगानीकर्ताको बुझाई छ । साथै ब्रोकरमा कारोबार सेटल्मेट मिलाउने चटारो पनि पर्ने भएकाले सकृय लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छ । यो अवस्थामा ब्रोकरको लिमिटबाट कारोबार कम भएको हुन्छ ।

एक दुई दिनको उतार चढाव बाहेक बजार लामो अवधि साईडवयजमा छ । यो अवस्थामा बजार बढ्नु पर्ने आधारहरु सहज बन्दैछन । सस्तो ब्याजदर र नीतिगत व्यवस्थामा क्रमिक सुधार हुँदैछ । दीर्घकालीन लगानीको लागि यो उचित छ । अहिले सस्तो भएका कम्पनीका शेयर छनोट गरेर लगानी गर्ने लगानीकर्ता पछुताउन नपर्ने बजारका जानकारहरू बताउँछन् ।




१४ करोडको शेयर भएका गभर्नर पौडेलको अरु सम्पत्ति कति ?

Jun 25, 2025 01:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आज सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरमा मात्रै १४ करोडको लगानी रहेको छ ।