Sat, Jul 12, 2025
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सरोज कुमार सिंह नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसैगरी, रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण लोहनी दोहोरिएका छन् । सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।